हाम्रो ईन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी(HIBT)अष्ट्रेलिया सिड्नीले पोखराको लेकसाइड अवस्थित होटल बाराहीमा यही शुक्रबार पुष ८ गते  वार्षिक भेट तथा साक्षात्तर कार्यक्रम आयोजना गरेको छ ।

अष्ट्रेलिया सिड्नी HIBT कलेजले आफ्ना सम्पूर्ण शैक्षिक  एजेन्सी पत्रकार सरोकारवालाहरु र शैक्षिक परामर्श व्यवसाय संघहरुसँग यस्ता विविध कार्यक्रमहरु आयोजना गरी आएको छ ।

कार्यक्रममा शैक्षिक परामर्श व्यवसायी संघ नेपालका निवर्तमान अध्यक्ष राजेन्द्र बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने HIBT कलेज अष्ट्रेलिया सिड्नीका नेपाल कन्ट्री म्यानेजर मुकेश धमलाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

585f9f2a5df3b

कार्यक्रममा नेपाल शैक्षिक परामर्श व्यवसायी संघ केन्द्रिय समितिका वर्तमान अध्यक्ष प्रकाश पाण्डेको समेत उपस्थिति रहेको थियो ।
नेपाली विद्यार्थीहरु अष्ट्रेलियामा गएपछि सृजना हुने विविध परिस्थिति र यससँग जुध्ने प्रक्रियाका विषयमा पाण्डेले प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा HIBT कलेजले प्रदान गर्ने शैक्षिक सेवा संकाय र विविध यससँग सम्बन्धित विषयहरुमा HIBT कलेजका प्रमुख दीपक खनालले कार्यक्रम अवधि भित्रै SKYPE मार्फत उपस्थित सम्पूर्णलाई सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा झण्डै ७० शैक्षिक परामर्श व्यवसायी, सरोकारवाला तथा अन्य शैक्षिक एजेन्सी को उपस्थिति रहेको थियो ।
HIBT कलेजले प्रदान गर्ने छात्रवृत्ति शैक्षिक कार्यक्रम र नेपाली विद्यार्थी कलेजसम्म पुग्नको लागि गर्नुपर्ने सम्पूर्ण प्रक्रिया सम्बन्धी HIBT कलेज नेपाल अवस्थित कन्ट्री म्यानेजर  मुकेश धमलाले प्रकाश पार्नु भएको थियो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत HIBT कलेजले पोखराका विभिन्न विद्यालयहरुका पाँच जना गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई जनहि रु पाँचहजार छात्रवृत्ती प्रदान गरेको थियो कार्यक्रमलाई ECANका केन्द्रिय प्रथम सचिव देविदास भट्टराई, AIEC प्रा.लि. काठमाण्डौंका CEO भिस्म विर विक्रम रायमाझी तथा अन्य धेरै वक्ताहरुले HIBT कलेज तथा नेपाली विद्यार्थीको अन्तराष्ट्रिय शैक्षिक अवस्था तथा व्यापारिक आचास संहिता सम्बन्धी कुराहरुबाट सम्बोधन गर्नुभएको थियो । कार्यक्रम पाईन सफ्टवयेर सोलुसन पोखराका म्यानेजिङ डाइरेक्टर राजन लम्सालद्वारा संचालन गरिएको थियो ।

नेपाली विद्यार्थीहरुलाई HIBT कलेज सम्म पुग्नका लागि सहज वातावरण सृजना गर्ने तथा यससँग सम्बन्धित विविन्न सन्देश पोखरा तथा आसपासका क्षेत्रमा प्रवाह गराउने उद्देश्य उक्त कार्यक्रमको रहेको HIBT नेपाल कन्ट्री म्यानेजर  मुकेश धमलाले जानकारी गराउनु भएको थियो ।